Pura Samachar

मोटरसाइकलको चक्कामा बेरिँदा एक युवतीको मृत्यु

प्रकाशित: April 20, 2022
पूरा समाचार

मोटरसाइकलको चक्कामा बेरिँदा एक युवतीको मृत्यु

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा हिजो (मंगलबार) बेलुकी मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका-८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् ।

को ३८ प २२०३ नम्बरको मोटरसाइकलको पछाडि सवार रेश्माले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको हो ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया