Pura Samachar

डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै

प्रकाशित: April 21, 2022
पूरा समाचार

डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार (आज) नेपाल आउँदै छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज दिउँसो १२ः२५ बजे नेपाल आइपुग्दै छन्।

तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्।

त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्। यस्तै नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि उनले छलफल गर्नेछन्।

प्रतिक्रिया