Pura Samachar

पेरिस सेन्ट जर्मेनकाे जित,उपाधिवाट एक खेल टाढा

प्रकाशित: April 21, 2022
पूरा समाचार

पेरिस सेन्ट जर्मेनकाे जित,उपाधिवाट एक खेल टाढा

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ३-० गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको इन्जुरी समयमा रामोसले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा इडुवार्डोले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै पीएसजीले पीएसजीले ३३ खेलमा ७७ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानमा रहेको छ ।

 

तर, उपाधि जित्न पीएसजीलाई अर्को खेल कुर्नुपर्ने भएको छ ।

दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका लागि कुर्नु पर्ने भएको हो ।

प्रतिक्रिया