नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ।
तेजावी सुनको भाउ पनि १ लाख ४ सय रुपैयाँमा पुगेको छ। बिहीबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया