Pura Samachar

अफगानिस्तानको कुन्दुज सहरमा एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु

प्रकाशित: April 23, 2022
पूरा समाचार

अफगानिस्तानको कुन्दुज सहरमा एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको कुन्दुज सहरमा एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य धेरै मानिस घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्।

बीबीसीका अनुसार विस्फोट हुँदा मस्जिदमा सुफी धर्मावलम्बी भेला भएका थिए। विष्फोट कसले गराएको भन्ने अझै खुल्न सकेको छैन। तर, यसमा इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया