Pura Samachar

सुनको मूल्य घटयो

प्रकाशित: April 25, 2022
पूरा समाचार

सुनको मूल्य घटयो

काठमाडौं- सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ३ सय रुपैयाँ घटेर १ लाख २ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि घटेको छ। सोमबारका लागि चाँँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

प्रतिक्रिया