
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा आज चेन्नई सुपर किंग्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ ।
चेन्नई तेस्रो जितको सोचमा छ । चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित नवौं स्थानम छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हारका साथ आठौं स्थानमा छ । रविन्द्र जडेजाको नेतृत्वमा रहेको चेन्नईलाई प्लेअफमा पुग्न बाँकी सबै खेल जित्ने हुन्छ ।
पछिल्लो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको थियो । उक्त खेलमा महेन्द्रसिंह धोनीले अन्तिम ४ बलमा १६ रन बटुल्दै जिताएका थिए । चेन्नई ओपनर ऋतुराज गायकवाड र रोविन उथप्पाबाट उत्कृष्ट सुरुवात चाहन्छ । मध्यक्रममा अम्बाती रायुडूमा र शिवम दुबेमा निर्भर रहनेछ ।
चेन्नईका तीव्र गतिका बलर मुकेश चौधरी उत्कृष्ट बलिङ गर्नेक्रममा ३ विकेट लिएक थिए । उनी पून घातक बन्नसक्छन् । ड्वेन ब्राभो र स्पिनर महेश थिक्सना चेन्नईका प्रमुख बलर हुन् । धोनीबाट चेन्नई उत्कृष्ट फिनिसरमा निरन्तरता चाहन्छ । चेन्नईको टोलीमा परिवर्तनको सम्भावना भने कम छ
पन्जाब पछिल्लो खेलमा दिल्लीसँग ९ विकेटले पराजित भएको थियो । उक्त खेलमा पन्जाब १ सय १५ रनमा अल आउट भएको थियो । पन्जाब लियाम लिभिङस्टोनको ब्याटिङमा बढी निर्भर छ । आक्रामक ब्याटर लिभिङस्टोन चलेको खण्डमा भने चेन्नईलाई घातक बन्न सक्छन् ।
कप्तान मयंक अग्रवाल र शिखर धवनबाट राम्रो सुरुवात चाहन्छ ।
खराब लयमा रहेका जोनी बेयरस्टोको स्थानमा भानुका राजपक्षेले मौका पाउने सम्भावना छ । राजपक्षे आक्रामक ब्याटिङ गर्ने गर्दछन् । फिनिसर शाहरुख खानबाट चल्न सकेका छैनन् । कागिसो रबाडा, नाथन एलिस र अर्शदीप सिंह प्रमुख तीव्र गतिका बलिङ हतियार हुन् ।
हेड टु हेड :
आइपिएलमा चेन्नई र पन्जाबबीच कुल २६ खेल भएका छन् । चेन्नई १५ र पन्जाब ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा चेन्नई ३ खेलमा विजयी भएको छ । यस सिजनको पहिलो खेलमा चेन्नई ५४ रनले पराजित भएको थियो । उक्त खेलमा लियाम लिभिङस्टोन ३२ बलमा ६० रन बनाए ।
अंक तालिका
गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै शीर्षस्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा उक्लियो । राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ ।
दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा
प्रतिक्रिया