Pura Samachar

बाहिरबाट आउने मान्छेहरू हाम्रो लागि अतिथि हुन –रियो

प्रकाशित: April 26, 2022
पूरा समाचार

बाहिरबाट आउने मान्छेहरू हाम्रो लागि अतिथि हुन –रियो

-डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंडका मुख्यमंत्री नेफयू रियोले भने कि बाहिरबाट आउने मान्छेहरू हाम्रो लागि अतिथि सरह हुन र उनीहरूको योगदानलाई हामीले भूलनु हुदैन ।हिजो कोहिमा भुजेल सेनिटेसन बोर्डको कार्यालयको उद्घाटन सत्रमा कुरा गर्दै उनले भने ।
रियोले अगाडि थपे कि कुनै पनि राज्यमा अर्को राज्यको मानिस आए पश्चात नै विकासमा उन्नतिको प्रादुर्भाव भएको कुरा पनि उनले बताए ।
रियोले आशा जनाए कि भविष्यमा पनि नागालैंडमा आउनेहरूलाई स्वागत पनि गरे तथा यस महत कार्यमा सबैको ठूलो भूमिका रहने कुरा पनि बताए ।
यस अवसरमा विभिन्न जातीय वर्गका मानिसहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।जसमा विभिन्न सांस्कृतिक र पारंपरिक नृत्यहरू पनि पेश गरेका थिए ।

प्रतिक्रिया