Pura Samachar

विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘चाहानाको छाल’ सार्वजनिक

प्रकाशित: April 26, 2022
पूरा समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘चाहानाको छाल’  सार्वजनिक

काठमाडौं । विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘चाहानाको छाल’ एल्वममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियो एल्बममा ‘हे प्यारा…’, ‘तिमीले रोपेको…’, ‘समाजमा हरेक…’, ‘सपनीमा आउछ्यौ..’, ‘हावाले उडायो…’ र ‘तिलिचो ताल…’ जस्ता ६ वटा गीत समावेश गरिएको छ ।

एल्बममा समावेश रहेका गीतमा सञ्जीवनी, ज्ञानु राणा, डीआर आफैं, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’को स्वर छ भने सन्तोष श्रेष्ठको संगीत छ । लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् ।  साभर हिमालय टाइम्स वाट

प्रतिक्रिया