सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्सालमा बिहान ९ बजेदेखि बाँडफाँट कार्यक्रम सुरू हुनेछ।
लघुवित्तले गत वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्मको लागि आइपिओ खुलाएको थियो। यसले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गरेको हो।
सिवाइसी नेपालले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिएका हुन्।
दुई करोड ५६ लाख ८८ हजार ४५० सेयर कित्ताको लागि २२ लाख ७७ हजार ७४३ जनाले आवेदन दिएका छन्। यो भनेको ६९.५२ गुणाले मागभन्दा बढी आवदेन परेको हो। तर सिवाइसी नेपाल लघुवित्तको जम्मा ३६ हजार ९४८ जना आवेदकले मात्रै १०-१० कित्ता सेयर पाउनेछन्।
प्रतिक्रिया