Pura Samachar

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार भेटवार्ता हुदै

प्रकाशित: April 26, 2022
पूरा समाचार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार भेटवार्ता हुदै

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार भेटवार्ता हुने भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार मंगलबार रुसको मस्कोमा उनीहरुको बीचमा भेटवार्ता हुन लागेको हो।

समाचारमा उल्लेख गरिएअनुसार गुटेरस र पुटिनबीचको वार्तामा युक्रेनको मारिउपोल सहरको विषयमा केन्द्रित हुन सक्छ।मारिउपोल सहर आफ्नो नियन्त्रणमा आएको रुसले दाबी गरिसकेको छ तर अझै पनि त्यहाँको स्टिल प्लान्टमा भने उसले नियन्त्रण हात पार्न सकेको छैन।युक्रेनले मारिउपोलमा फसेका मानिसको उद्धारको लागि राष्ट्रसंघसँग सहयोग मागेको थियो।

गुटेरस बिहीबार युक्रेन जानेछन्, युक्रेन भ्रमणको क्रममा उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नेछन्।

यसैबीच अमेरिकाले मंगलबारदेखि धेरै मुलुकसँग युक्रेनको विषयमा रक्षा वार्ता सुरु गर्दै छ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ‘तेस्रो विश्वयुद्धको जोखिम’ देखिएको बताएको अवस्थामा राष्ट्रसंघका महासचिवसँग पुटिनको भेटवार्ता हुन लागेको हो।

प्रतिक्रिया