Pura Samachar

घटयाे सुनको मूल्य

प्रकाशित: April 27, 2022
पूरा समाचार

घटयाे सुनको मूल्य

काठमाडौँ – साताको चौंथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साता उच्च मूल्यमा कारोबार भएर आइतबार, सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

लगातार चार दिन घटेसँगै नेपाली बजारमा सुन १९ दिन यताकै सस्तो भएको छ। नेपाली सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य चैत २४ गते यताकै कम हो। त्यसदिन पनि आजकै मूल्यमा सुन कारोबार भएको थियो।

प्रतिक्रिया