Pura Samachar

थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २५२ जना सक्रिय संक्रमित

प्रकाशित: April 27, 2022
पूरा समाचार

थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २५२ जना सक्रिय संक्रमित

पछिल्लो २४ घन्टामा देशभर थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार ११ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

चार हजार ११९ जनाको पिसिआर र एक हजार ७७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २५२ जना सक्रिय संक्रमित छन्।बुधबार १७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया