Pura Samachar

गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै

प्रकाशित: April 28, 2022
पूरा समाचार

गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ ।

बुधवार सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ आज(बिहीवार) हुन लागेको हो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत बैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे ।

गत वर्षको चैत्र २५ गते बसेको मन्त्रिपरिषदले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा पर्नुभएकाे थियाे।

प्रतिक्रिया