
काठमाडौं, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो ।
यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।
प्रतिक्रिया