Pura Samachar

गभर्नर महाप्रसाद अधिकारीको दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने

प्रकाशित: April 29, 2022
पूरा समाचार

गभर्नर महाप्रसाद अधिकारीको दायर गरेको रिट निवेदनमा  आज पनि सुनुवाइ हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज (शुक्रबार) पनि सुनुवाइ हुने भएको छ।

बिहीबार सुनुवाइ नसकिएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको हो।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण आजका लागि तय भएको थियो।बिहीबार पनि नभ्याइएकाले शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। गभर्नर अधिकारीले बिनाजानकारी र बिनास्पष्टीकरण आफूविरुद्ध छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दैै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।

यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा सुनुवाइ भइरहेको छ।मन्त्रिपरिषद्को गत चैत २५ गतेको बैठकले गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए।

प्रतिक्रिया