
मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ ।
भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन् ।
ताराको लुक्ला–काठमाण्डौ जहाज रामेछापमा तथा बुद्धका चार र यतीको एउटा उडान जनकपुर डाइभर्ट भएको प्रवक्ता सिटौलाले बताउनुभयो ।
अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म समस्या नरहेको उहाँको भनाइ छ ।
काठमाण्डौमा दिउँसो केहीबेर आकाश खुले पनि फेरि मौसम बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया