Pura Samachar

रियल मड्रिडलाइ स्पेनिस ला लिगा फुटबलको उपाधि

प्रकाशित: May 1, 2022
पूरा समाचार

रियल मड्रिडलाइ स्पेनिस ला लिगा फुटबलको उपाधि

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ ।

शनिबार राति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलले ४ खेल बाँकी रहदै उपाधि जितेको हो ।

यस्तै रियलको यो ३५ औं ला लिगा उपाधि हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे ।

खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

 

४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ५५ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए ।

यस जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ ।

रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि रहेको छ ।

स्पानियोल ३९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया