Pura Samachar

अबदेखि चीनमा सार्वजनिक स्थानमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट मात्रै जान पाइने

प्रकाशित: May 2, 2022
पूरा समाचार

अबदेखि चीनमा सार्वजनिक स्थानमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट   मात्रै जान पाइने

चीनमा कोरोना सङ्क्रमणको दर बढ्ने क्रम अझै जारी रहँदा सरकारले नयाँ नियम लागू गरेको छ ।

अबदेखि सार्वजनिक स्थानमा जानका लागि कोरोना सङ्क्रमण नभएको रिपोर्ट लिएर मात्रै जान पाइने चीन सरकारले बताएको छ ।

चीनको राजधानी बेइजिङमा यो नियम लागू गरिएको हो । लगातार बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ ।

तर, अझै सङ्क्रमण दरमा भने कमी आउन सकेको छैन । बेइजिङमा कोरोनाको जोखिमलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया