Pura Samachar

नेपाली कांग्रेस काठमाडौंले बैशाख २३ गते चुनावी सभा गर्ने

प्रकाशित: May 2, 2022
पूरा समाचार

नेपाली कांग्रेस काठमाडौंले बैशाख २३ गते चुनावी सभा गर्ने

काठमाडौं, १९ बैशाख । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस काठमाडौंले आगामी बैशाख २३ गते चुनावी सभा गर्ने भएको छ ।

आज बसेको काठमाडौं जिल्ला कार्य समितिको भेलाले काठमाडौंको रत्नपार्क शान्ति बाटिकामा दिउँसो १ बजे चुनावी सभा गर्ने निर्णय गरेको हो ।

आजको भेलामा कांग्रेस नेता प्रकाशमान सिंह, महामन्त्री गगन कुमार थापा, जिल्ला सभापति सबुज बानियाँलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया