Pura Samachar

बाढीले बगाउँदा एक किशोरीको मृत्यु

प्रकाशित: May 3, 2022
पूरा समाचार

बाढीले बगाउँदा एक किशोरीको मृत्यु

पश्चिम दाङमा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

हिजो हावाहुरीसहितको असिना पानीका कारण स्थानिय खोलामा आएको बाढीले बगाउँदा बबई गाउँपालिका ४ हस्नापुर बस्ने १७ वर्षका सन्ध्या परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हिजो बेलुका साढे पाँच बजेतिर हस्नापुरमा रहेको स्थानिय खोला तर्ने क्रममा बाढिले बगाउँदा गम्भिर घाईते हुनु भएका परियारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा हिजो बेलुका मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया