Pura Samachar

धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

प्रकाशित: May 3, 2022
पूरा समाचार

धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

ढल्केवर। धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुली रहेका छन् ।

धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल आउँदै गरेका वरिष्ठ हवल्दार पराजुलीलाई ईलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएको बताइएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पराजुली तीन महिनाअघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए।

सिसी क्यामेरामा ठुलो गाडी देखिएको छ। ट्रक वा मालबाहक ट्यांकर हुन सक्ने हामीले अनुमान गरेका छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।

प्रतिक्रिया