
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको होटल ‘नाइन इलेभन’ होटलमा बुधबार बिहान एक युवक मृत भेटिएका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘घटनाको कारण खुल्न सकेको छैन।’ अहिले घटनास्थलमा कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) श्यामप्रसाद चौधरी पनि गएका छन्।
मृतक मुकुल पढाइका लागि विदेश जाने तयारीमा रहेको खुलेको छ। यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका उनी त्यसअघि साथीहरुलाई पार्टी दिन होटलमा गएको खुलेको छ।
प्रतिक्रिया