Pura Samachar

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै

प्रकाशित: May 4, 2022
पूरा समाचार

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै छ । आज ललितपुरको पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ ।

रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोल घुमाउने प्रचलन छ । स्थानीयले यो अवधिमा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्छन् ।

यो जात्रा वैशाख महिनाको शुक्लपक्षअन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाइने गरिन्छ ।

प्रतिक्रिया