Pura Samachar

नागालैंडको मौसममा परिवर्तन

प्रकाशित: May 6, 2022
पूरा समाचार

नागालैंडको मौसममा परिवर्तन

डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंडमा बदलिँदो मौसमको प्रभावले दिन प्रतिदिन मानिसहरू त्रस्त भएका छन ।
यहाँ माई महिनाको पहिलो सातामा नै मौसममा घरि पानी पर्ने र घरि -घरि चर्को घामले गर्दा मानिसहरूले आफैमा एक प्रकारको असजिलोपन महशुस गरेका छन।
अर्कातिर भने मौसम विज्ञान विभागले जनाएको छ कि आगामी साता सम्म छिटपुट वर्षा हुने र धेरै भन्दा गर्मी हुने साथै ऑधी तूफान पनि आउने संभावना बताएको छ ।
मौसमको कुरालाई लिएर खेतीवालाहरू संग संपर्क गर्दा उनीहरू भने समयमा पानी नपरेकोले गर्दा खेतीबारी लगाउन दिक्कत भएको कुरा गर्दछन ।
हेर्दै जाऔ कहिले सम्ममा मौसममा सुधार होला त्यो त आउने भविष्य नै बताउला ।।

प्रतिक्रिया