Pura Samachar

ताप्लेजुङमा एक युवकले आफ्नै  बुवा र आमाको हत्या

प्रकाशित: May 6, 2022
पूरा समाचार

ताप्लेजुङमा एक युवकले आफ्नै  बुवा र आमाको हत्या

ताप्लेजुङ, २३ वैशाख । ताप्लेजुङमा एक युवकले आफ्नै  बुवा र आमाको हत्य गरेका छन् । आफ्नो  बुवा र आमालाई धारीलो हतियारको प्रयोग गरी हत्य गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको भन्दै प्रहरीले उनका छोरा आइतराज लिम्बुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले अभियुक्तलाइ हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया