Pura Samachar

आईपीएलमा आज दुई खेल हुदै

प्रकाशित: May 7, 2022
पूरा समाचार

आईपीएलमा आज दुई खेल हुदै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

मुम्बईको वान्खेडे स्टेडियममा हुने यी दुई टोलीबीचको खेल दिउँसो ३ ः ४५ मा सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा कोलकोत्ता नाइट राइडर्स तथा लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ ७ ः ४५ मा सुरु हुनेछ । यसअघि, गयराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ ।

मुम्बईको ब्राबौन क्रिकेट स्टेडियममा भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले हराउँदै मुम्बईले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

१ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

गुजरातसँगको खेल जितेपनि मुम्बई अङ्क तालिकाको पुछारमै छ भने पराजित भएको गुजरात शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया