काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुल टोटेनहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा लुइस डियाजले गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।
खेलको ५६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७४ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिभरपुलले ३५ खेलमा ८३ अंक जोडेको छ ।
लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
टोटेनहम ६२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो ।
खेलको १५ औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाए ।

खेलको ५७ औं मिनेटमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ३-० को अग्रता दिलाए । ।
त्यसपछि खेलको ६० औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४-० को जित दिलाए ।
जितसँगै ब्राइटनले ३६ खेल ४७ अंक जोडेको छ ।
ब्राइटन नवौं स्थानमा रहेको छ ।
युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया