Pura Samachar

इसाई समुदायले मनाए मातृ दिवस

प्रकाशित: May 8, 2022
पूरा समाचार

इसाई समुदायले मनाए मातृ दिवस

डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंडमा आज राज्यका विभिन्न स्थानका बसोबासो गर्ने इसाई धर्मावलम्बीहरूले मातृ दिवस मनाएको र आफ्ना आमाहरूलाई भरपूर उपहार दिएर मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार आज राज्यका जम्मै गिरिजाघरहरूमा विशेष प्रार्थना सभाको आयोजना गर्दै उपहार दिएर सम्मान गरे ।
यो संवाददाताले कोहिमाका विभिन्न गिरिजाघरहरूबाट पाएको समाचार अनुसार कुनै गिरिजाघरमा आजको सेवा आमाहरूबाट भएको थियो भने कुनैमा मीठो पकवान खिलाएर आमाहरूलाई सम्मान गरेका थिए ।विशेष गरेर इसाई समुदायले आमालाई ईश्वर स्वरूप मान्ने तथा उनीहरूको आशीर्वाद ईश्वरको आशीर्वाद मान्ने गर्दछन भन्दै एकजना पादरीले बताएका छन।
स्मरण रहोस् मातृदिवस सन् १९०८ का दिन अन्ना जेविस नामक नारीले आफ्नी आमालाई ईश्वर स्वरूप मानेर गिरिजाघरहरूबाट शुरूवात गरेकी थिइन ।

प्रतिक्रिया