Pura Samachar

सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

प्रकाशित: May 9, 2022
पूरा समाचार

सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन  गर्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा कांग्रेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको हो ।

आज बिहान ११ बजेका लागि पत्रकार सम्मेलन गर्ने तय भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभएको छ । पत्रकार सम्मेलन ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा हुने उहाँले बताउनुभयो । यसअघि हिजो आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्नुभएको थियो । अध्यक्ष ओलीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन केन्द्रीत ६७ बुँदे अपिल समेत सार्वजनिक गर्नुभएको थियो ।

एमाले आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवम् समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ आम मतदातासमक्ष प्रस्तुत भएको अध्यक्ष ओलीको अपिलमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया