Pura Samachar

दिल्लीकाे जित

प्रकाशित: May 12, 2022
पूरा समाचार

दिल्लीकाे जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।

मुम्बईमा बुधबार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा मिचेल मार्शले ८९ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै डेभिड वार्नरले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङस खेले । कप्तान ऋषव पन्तले अविजित १३ रन जोडे ।

 

राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।

राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय खेले । देबदुत पडिकलले ४८ रन जोडे ।

दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले २/२ विकेट लिए ।

 

जितसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ ।

दिल्ली पाँचौं स्थानमा रहेको छ ।

राजस्थान १२ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया