Pura Samachar

आज बिहान ६ बजेदेखि सवारीसाधन चलाउन नपाइने

प्रकाशित: May 13, 2022
पूरा समाचार

आज बिहान ६ बजेदेखि सवारीसाधन चलाउन नपाइने

काठमाडौं- आज शुक्रबार बिहान ६ बजेदेखि सवारीसाधन चलाउन नपाइने भएको छ। बिहान ७ बजेदेख मतदान सुरु हुने भएकाले बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा निषेध गरिने भएको हो।

निर्वाचनका बेला अप्रिय घटना हुन नदिन सवारीसाधन चलाउन निषेध गरिएको प्रहरीले बताएको छ। यो अवधिमा पास लिएका अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन्।

बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न पाइने छ।

प्रतिक्रिया