Pura Samachar

उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक

प्रकाशित: May 15, 2022
पूरा समाचार

उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक

रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।

दुवै उम्मेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी विजयी भएका छन् ।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली काँग्रेसले जितेको छ ।

प्रतिक्रिया