
भरतपुर- भरतपुर महानगरपालिका मेयरमा एमालेका विजय सुवेदीले मतान्तर बढाउँदै लगेका छन्। सोमबार बिहान ५:१२ सम्म कुल ९ हजार ३७० मत गन्दा मेयरमा सुवेदीले ३ हजार ३२४ मत प्राप्त गरी अग्रता बनाएका छन्।
निटकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहाल सुवेदीभन्दा १८ मत पछि छन्। रेणुले ३ हजार ३०६ मत प्राप्त गरी सुवेदीलाई पछ्याइरहेकी छन्।
कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले १ हजार १८७ मत प्राप्त गरेका छन्।
नेपाल समय
भरतपुर उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३ हजार ६८८ मत ल्याएका छन्। एमालेसँग गठबन्धन गरेको राप्रपाकी हिमला गुरुङले २ हजार ६५० मत ल्याएकी छन्।
प्रतिक्रिया