
काठमाडौँ/ शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । सोमबार बिहानसम्म काँग्रेसले ४६ स्थानीय तहमा जित हासिल गरेको छ । निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ । यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ । जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ । यस्तै काँग्रेसले हालसम्म ५० पालिकामा उपप्रमुख जितेको छ ।
प्रतिक्रिया