
काठमाडौं । ७५३ स्थानीय तहमध्ये ३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार ती तहमध्ये नेपाली काग्रेसले ४६ नगरपालिका प्रमुख १३२ गाउँपालिका अध्यक्ष गरी १७८ तहमा विजय हासिल गरेको छ ।
एमाले १०९ स्थानीय तहमा विजयी भएको छ । उसले २५ नगरपालिका प्रमुख र ८४ गाउँपालिका अध्यक्ष जितेको हो ।
यस्तै नेकपा (माओवादी केन्द्र)ले ७७ तहमा जित हासिल गरेको छ । उसले ६८ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिका प्रमुख जितेको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी ५ गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ ।
नेकपा (एकीकृत समाजावादी)ले एउटा नगरपालिका प्रमुख जितेको छ । साथै अन्यले ४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष जितेको छन् ।
प्रतिक्रिया