Pura Samachar

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: May 18, 2022
पूरा समाचार

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १९७ परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १४९ रहेको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।

यस्तै पछिल्लो २४ घण्टामा खोप लगाउनेको संख्या शून्य रहेको छ।

प्रतिक्रिया