Pura Samachar

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा रहेको नेपाल सुशासन पार्टीले वडा अध्यक्षमा नौसाद आलम विजयी

प्रकाशित: May 18, 2022
पूरा समाचार

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा रहेको नेपाल सुशासन पार्टीले वडा अध्यक्षमा नौसाद आलम विजयी

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा रहेको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकाको एक वडामा जित हासिल गरेको छ।

नगरपालिकाको ९ नम्बर वडा अध्यक्षमा सुशासन पार्टीका नौसाद आलम विजयी भएका छन्। उनले ८७७ मतसहित जित हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबाबु प्रसाद चौहानले ६७८ मत प्राप्त गरे।

यो वडामा दुई सदस्य, महिला र दलित महिला सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन्।

१० वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म एमालेका प्रदुमन प्रसाद चौहानले २९५७ मत ल्याएर अग्रता लिइरहेका छन्।

प्रतिक्रिया