
-डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुरमा पनि भेल बाढीले हालत गंभीर भएको कुरा प्रकाशमा आएको छ ।
मणिपुरको इंफाल नदीको खतराको निशानी भन्दा माथि बनेको मोइराङखोम, बामोन कंपु ,मिनुथोङ लगायत सिङजमाई आदि इलाकाहरूमा पानी भरिएको खबर छ ।
राज्यका मुख्यमन्त्रीले हिजो इम्फाल नदीको निरीक्षण गर्दै बाढ पीढ़ितहरूलाई राहत सामाग्री वितरण गर्ने कुरा गरेका छन ।
विभिन्न स्वयंसेवी संस्थाहरू तथा एसडीआरएफका टीमहरूले पनि धेरै भन्दा धेरै राहत पुर्याई रहेको कुरा जानकारीमा आएको छ ।
यो समाचार लेखुंजेल सम्म मणिपुरमा पानी निरंतर रूपमा परिरहेको छ र अहिले सम्म कतै कुनै अप्रिय घटना घटेको छैन ।
प्रतिक्रिया