
काठमाडौं । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको शुक्रबार साँझ ६ त्रबजेसम्म ६६१ स्थानीय हको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामले कांग्रेसलाई पहिलो पार्टीका रुपमा उभ्याएको छ ।
कांग्रेसले २९६ स्थानीय तहको नेतृत्व जितेको छ । एमाले कांग्रेस भन्दा ११३ कम स्थानीय तह जितेको छ । एमालेले समाचार तयार पार्दासम्म १८३ स्थानीय तहको नेतृत्व जितेको छ । नेकपा माओवादी केन्द्रले ११३ स्थानीय तहमा नेतृत्व जितेर आफूलाई तेस्रो र महत्वपूर्ण शक्तिका रूपमा स्थापित गरेको छ ।
यसैगरी, जनता समाजवादी पार्टीले अहिलेसम्म २० स्थानीय तह जित्दै आफूलाई चौथो शक्तिका रुपमा उभ्याएको छ भने भखैरै बनेको नेकपा एकीकृत समाजवादी १४ स्थानीय तह जित्दै पाँचौ शक्तिका रुपमा उदाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी ९ स्थानीय तह जित्दै छैटौ शक्तिमा खुम्चिएको छ ।
प्रतिक्रिया