Pura Samachar

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा निर्वाचित भय वासुदेव अधिकारी

प्रकाशित: May 20, 2022
पूरा समाचार

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा निर्वाचित भय  वासुदेव अधिकारी

काठमाडौं– सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा निर्वाचित भएका वासुदेव अधिकारीको चुनावी अनुभूति देशभरका उम्मेदवारको भन्दा अलि फरक छ। त्यसो हुनुमा टिकट फाइनल भएदेखि अन्तिम परिणाम सार्वजनिक हुँदाका बखतसम्म जोडिएका अनेक आयाम कारक छन्।

बिहीबार अधिकारीलाई टेलिफोनमा सोध्यो– उम्मेदवारी कायम राख्नै संघर्ष गर्नुभएको थियो? जित निकाल्दा कस्तो अनुभूति भइरहेको छ? जवाफमा अधिकारी बोलेनन्, बरु लामो हाँसो हाँसे। सायद लालबन्दीको मेयरमा निर्वाचित भएपछि पिँजडामा कैद चरी उन्मुक्त हुँदा जस्तो हुन्छ, उनको मानसपटलमा पनि त्यही अनुभूति भइरहेको थियो। नहोस् पनि कसरी, आखिर पार्टी सभापति शेरबहादुर देउवा नै उनको उम्मेदवारी खोस्न तल्लिन थिए। कहिले देउवाको चिठ्ठीको दबाब उनीमाथि पर्थ्यो, त कहिले सत्ता गठबन्धन दलका नेताहरुको व्यंग्यको सामना गरिरहन पर्थ्यो। उम्मेदवारीको सन्दर्भमा उनी मतदाताका प्रश्नको घेरामा पनि बेलाबेला पर्ने गर्थे।

यसो हुनुको पछि सत्ता गठबन्धनका दलहरुबीचको चुनावी तालमेल, पार्टीको कच्चा निर्णय कारक थियो। वैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि उनलाई सर्लाही कांग्रेसले सभापति देउवाको हस्ताक्षर सहितको टिकट दिएको थियो। पार्टीको नगर समितिको सिफारिस, जिल्ला हुँदै प्रदेशबाट उनी लालबन्दीको मेयरका उम्मेदवार फाइनल भएका थिए। प्रदेशको निर्णय अनुसार नै देउवाको हस्ताक्षर सहितको पत्र अधिकारीको हातमा परेको थियो।

११ गते मनोनयन दर्ता गराएपछि अधिकारी चुनावी प्रचारमा निस्किए। तर, सत्ता गठबन्धनका दल खासगरी नेकपा माओवादी केन्द्रको ध्यान लालबन्दी नगरपालिकामा खिचिएको थियो। सत्ता गठबन्धनका दलहरुबीच लालबन्दीमा चुनावी तालमेल हुने र अधिकारीले उम्मेदवारी फिर्ता लिने गाइँगुइँ चल्न थालेका थिए।

बिहीबार नेपाल समयले अधिकारीलाई टेलिफोनमा सोध्यो– उम्मेदवारी कायम राख्नै संघर्ष गर्नुभएको थियो? जित निकाल्दा कस्तो अनुभूति भइरहेको छ? जवाफमा अधिकारी बोलेनन्, बरु लामो हाँसो हाँसे।

वैशाख १६ गते साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो। उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामवली समेत प्रकाशित भइसकेको थियो। अधिकारी चुनावी प्रचारलाई थप सशक्त बनाउन छलफलमा जुटेका थिए। तर, अन्तिम नामवली प्रकाशित भइसकेपछि लालबन्दीमा एकाएक तरंग पैदा थियो। अधिकारीले हल्ला सुने– उम्मेदवारी फिर्ता लिन निर्देशन सहितको पत्र केन्द्रबाट आएको छ। लगत्तै उनले यसबारे बुझ्न थाले। ‘अन्तिम नामावली प्रकाशित भइसकेपछि तयारीलाई थप तीव्र बनाउनुपर्छ भनेर हामी छलफलमा जुट्यौं। तर, अनौठो चिठी आयो भन्ने हल्ला सुनियो। ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्ने थियो। तर, केन्द्रबाट चिठी ५ः०६ बजे आएको रहेछ। जिल्ला सभापति निर्वाचन अधिकृतको कार्यालयमा पठाउँदा ६ः१६ भइसकेको थियो,’ अधिकारीले सुनाए, ‘आयोगसँग परामर्श गर्दा अन्तिम नामावली सार्वजनिक भइसकेको छ, अब अघि बढ्दा कुनै कानुनी अप्ठ्यारो पर्दैन भन्ने कुरा आयो।’

देउवाकै हस्ताक्षरमा पाप्त पत्रका आधारमा

पत्रका आधारमा उम्मेदवारी दर्ता गराएका अधिकारी एकाएक देउवाविरुद्ध नै लाग्नुपर्ने स्थिति आइपर्यो। ‘जसको हस्ताक्षरमा प्राप्त भएको पत्रका आधारमा उम्मेदवारी दर्ता गराएको थिएँ। उसैले उम्मेदवारी फिर्ता लिन पत्र पठायो। उम्मेदवारी फिर्ता लिने समय पनि घर्किइसकेको अवस्थामा म आफ्नै सभापतिविरुद्ध जानुपर्ने स्थिति आइपर्यो,’ अधिकारी भन्छन्।

अधिकारीको उम्मेदवारी फिर्ता गराउन देउवाले पत्र पठाएको हल्ला लालबन्दीमा भुसको आगो झैं फैलियो। कांग्रेस कार्यकतार्लले निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर नाराबाजी नै गरे। अधिकारीलाई निर्वाचन अधिकृतले समय घर्किएपछि पत्र पाप्त भएकाले कानूनीरुपमा उम्मेदवारी फिर्ता नहुने बताए।

कानूनीरुपमा उम्मेदवारी कायम भएपछि अधिकारी दृढ भएर प्रचारमा निस्किए। तर, उनलाई केन्द्रबाट पत्र पठाउने काम भने रोकिएन। दिन बिराएर पत्र आउने गरेको उनी बताउँछन्। ‘नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवारी दर्ता गराउनुभएका प्रल्हाद बुढाथोकीलाई समर्थन गर्न दिन विराएर पत्र आउँथे। त्यो क्रम २९ गतेसम्म जारी रह्यो,’ अधिकारी भन्छन्।

देउवाकै हस्ताक्षरमा पाप्त पत्रका आधारमा उम्मेदवारी दर्ता गराएका अधिकारी एकाएक देउवाविरुद्ध नै लाग्नुपर्ने स्थिति आइपर्यो।

तर, दिन बिराएर आउने पत्रमा मेयरमा माओवादीलाई सहयोग गर्न भनिएको हुन्थ्यो। तालमेलको मोडल उल्लेख हुन्थेन। माओवादीलाई मेयरमा सघाउने हो भने उपमेयरमा के गर्ने, वडामा कसरी तालमेल गर्ने, केही उल्लेख हुन्थेन। पहिले नै माओवादी र नेकपा एकीकृत समाजवादीबीच तालमेल भइसकेको थियो। दुई दलको तालमेल अनुसार उपमेयरमा समाजवादीको भागमा परेको थियो। दुई दलबीच पहिलै भागवण्डा भइसकेको र केन्द्रको पत्रमा तालमेलको मोडालिटी उल्लेख नभएकाले पनि सर्लाही र लालबन्दीका नेता–कार्यकर्ताले केन्द्रको पत्रलाई वेवस्ता गरिरहे। त्यसो त अधिकारी संस्थापन इतर समूहसँग निकट छन्। त्यसकारण लालबन्दीमा कांग्रेस बलियो हुँदाहुँदा हुँदै पनि संस्थापन समूहले उनको टिकट खोस्न प्रयत्न गरेको आरोप पनि लाग्दै आएको छ। तर, सर्लाही कांग्रेसका संस्थापन समूहका नेताहरु पनि अधिकारीको पक्षमा उभिइदिए। त्यसले पनि अधिकारीको अडानमा टेको दिने काम गरेको थियो। पार्टीभित्रका समूहगत राजनीति भन्दा माथि उठेर सबै नेताहरुले अधिकारीको पक्षमा भएर केन्द्रको प्रतिवाद गरेका थिए।

प्रतिक्रिया