पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई किच्दा अटो चालक भरतपुर ११ लामाटोलका ५० वर्षीय प्रदिप कुमार लामा र सोही अटोमा सवार अन्दाजी ५० वर्षीया महिलाको घट्ना स्थलमै मृत्यु भएको हो।अटोमा सवार २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमांया गुरुङ घाईते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए।
बिशाल चोकबाट बसेनितर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ।
हावा हुरीको कारण महानगरको विभिन्न स्थानहरुमा रुख तथा बिजुलीको पोल ढलेको छ। त्यहाँ विभिन्न ठाउँमा सडक र विद्युत पनि अवरुद्ध भएको छ।
हावा हुरीकै कारण ढलेको रुखले भरतपुर महानगरपालिका ११ कै बसेनि चोकमा म्याजिकलाई किचेको छ।
प्रतिक्रिया