Pura Samachar

भरतपुर महानगरपालिकामा रेणु दाहालकाे झण्डै ८ हजार मतान्तरले अग्रता कायमै

प्रकाशित: May 22, 2022
पूरा समाचार

भरतपुर महानगरपालिकामा रेणु दाहालकाे झण्डै ८ हजार मतान्तरले अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकामा रेणु दाहालकाे झण्डै ८ हजार मतान्तरले अग्रता कायमै गर्नुभएकाे छ।

अहिलेसम्म गणना भएकाे ९२ हजार १२८ मध्ये प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेणु दाहालले ७ हजार ८५४ मतान्तरले अग्रता लिइरहुनभएकाे हाे ।

दाहालले ३६ हजार २७२ मत प्राप्त गर्नुभएकाे छ ।

नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले २८ हजार ४१४ मत प्राप्त गरी दाेस्राे स्थानमा रहनु भएकाे छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङभन्दा १५ हजार ९५८ मतान्तरले अग्रता लिनुभएकाे छ।

अधिकारीले ३८ हजार ३८५ मत प्राप्त गर्नुभएकाे छ भने गुरुङले २२ हजार ४२७ मत प्राप्त गर्नुभएकाे छ ।

हाल १९ र २० नम्बर वडाको मतगणना जारी रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया