
८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो एसिया भ्रमण सुरु गरेका छन् । एसियाली साझेदारसँगको सम्बन्धलाई थप बलियो बनाउन केन्द्रित हुने अपेक्षा गरिएको बाइडेनको भ्रमण दक्षिण कोरियाको सियोलबाट सुरु भएको छ । उनी आइतबार टोकियो पुगेका छन् ।
टोकियो बाहिरको योकोटा एयर बसमा अवतरण भएसँगै उनले जापान भ्रमण सुरु गरे । क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।बाइडेनले शनिबार दक्षिण कोरियाली राजधानीमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरेका थिए । सियोलमा भएको दुई समकक्षीबीचको वार्ताका क्रममा दुवै मुलुकसँगको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो ।
प्रतिक्रिया