
चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ४३०६१ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु ९८२२ मतले अगाडि छिन् ।
नेकपा एमालेका विजय सुवेदीले ३३२३९ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३२६६ मत ल्याएका हुन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४४५९१ र राप्रपाकी हिमला गुरुङले २६३२२ मत ल्याएकी छिन् ।
प्रतिक्रिया