
काठमाडौं, १० जेठ । नैकपामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र०१–०२६ च २१५१ नम्बरको गाडीले रेग्मीलाई ठक्कर दिदा ध्रुवप्रसाद रेग्मीको मृत्यु भएको हो ।
घाइते रेग्मीलाई उपचारलाई अस्पतालमा लैजाँदा ६ बजे मृत घोषणा गरिएको थियो । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया