
काठमाडौं- काठमाडौं महानगरपालिका १९ नम्बर वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। वडाध्यक्षमा काँग्रेसका राजेशकुमार श्रेष्ठ १ हजार २ सय मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार चन्दमान मुनिकाले ७ सय ४१ मत पाए।
यस्तै महिला सदस्यमा पनि काँग्रेसकै रेणु कमल भारती शाही १ हजार ३६९ मतसहित विजयी भएकी छिन्। दलित महिला सदस्यमा कांग्रेसकी रंजिता परियार १ हजार ४ सय १५ मत साथ विजयी भएकी छिन्।
खुला सदस्य पदमा कांग्रेसका चन्द्रमान डंगोलले १ हजार ४ सय १७ र दिनेशमान जोशी एक हजार १ सय ९८ मत ल्याएर विजयी भएका छन्।
प्रतिक्रिया