Pura Samachar

शेयर बजारमा आज दोहोरो अंकले वृद्धि

प्रकाशित: May 25, 2022
पूरा समाचार

शेयर बजारमा आज दोहोरो अंकले वृद्धि

काठमाडौं, ११ जेठ । शेयर बजारमा आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक आज १४ दशमलव ३७ अंकले बढेर २२३१ दशमलव ५७ विन्दुमा पुगेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४२ अंकले बढेर ४३५ दशमलव ९ विन्दु कायम भएको छ ।

आज नेप्सेको अनुसार २२६ कम्पनीको १ अर्ब ४४ करोड ६२ लाख ६ हजार ९३९ रुपैयाँ बराबरको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर खरिद विक्रि भएको हो ।

प्रतिक्रिया