Pura Samachar

दैलेखकाे सिस्नेमा बस दुर्घटना ४ जनाको मृत्यु

प्रकाशित: May 25, 2022
पूरा समाचार

दैलेखकाे सिस्नेमा बस दुर्घटना ४ जनाको मृत्यु

काठमाडौँ- दैलेखको आठबीस नगरपालिका सिस्नेमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत आउँदै गरेको बस म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका सिस्नेमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहले इकागजलाई जानकारी दिए । मृतकको सनाखत नभएको उनले जानकारी दिए । त्यस्तै ८ जना गम्भीर घाइते छन् । राति भएकाले बसमा के कति यात्रु थिए पुष्टि नभएको साहले बताए । साहले मृतकको संख्या बढ्‍न सक्ने जानकारी दिए ।

प्रतिक्रिया