Pura Samachar

स्थानीय तह निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि परिणाम किन आइसकेको छैन ? :अध्यक्ष ओली

प्रकाशित: May 26, 2022
पूरा समाचार

स्थानीय तह निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि परिणाम किन आइसकेको छैन ? :अध्यक्ष  ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि परिणाम किन आइसकेको छैन ? भन्दै प्रश्न गरेका छन् ।

आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको बताए ।

‘आज १४ दिनसम्म पनि किन परिणाम आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । निष्पक्ष हुन सकेन,’ ओलीले भने ।

प्रतिक्रिया